नियम ४४
आवधिक स्रेस्ता तथा विवरण पठाउने
(१) महालेखा नियन्त्रक कार्यालय तथा मन्त्रालय र विभागको माग बमोजिम आवधिक स्रेस्ताको विवरण पठाउनु सबै कार्यालय प्रमुखको कर्तव्य हुनेछ ।
(२) उपनियम (१) बमोजिम आवधिक स्रेस्ताको विवरण दुई पटकसम्म ताकेता गर्दा पनि नपठाएमा त्यस्तो कार्यालय प्रमुखको तलब रोक्का गर्नु पर्नेछ । तलब रोक्का गर्दा पनि नपठाएमा प्रचलित कानून बमोजिम विभागीय कारबाही गर्नु पर्नेछ ।